आज मुस्लिम समुदायको महान पर्व इद मनाईदैं


काठमाडौँ। इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज विशेष रुपमा मनाईदैंछ। 

इद उल फित्र कै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका अन्य दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन्। 

सरकारले इस्लाम समुदायको पर्व ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ। 

गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै आजको दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।