विचित्र राजाः ६० पत्नी छन्, म्यानमारमा खान्छन्, भारतमा सुत्छन्


भारतको नागाल्याण्डको लोंगवा गाउँमा विचित्र राजा छन् । यी राजाका ६० पत्नी छन् । यिनले खाना म्यानमारमा खान्छन् र सुत्न भारत पुग्छन् । यहाँ कोन्याक जनजातिका मानिसहरु बस्छन् । 

यो गाउँको आधा भाग म्यानमारमा पर्छ र आधा भाग भारतमा । यो आदिवासी समुदायका राजाको नाम अंग नागोवांग हो । उनको अधीनमा लोंगवासमेत ७५ गाउँ छन् । जहाँ यिनको घरको बीचमा दुई देशको सीमा पर्छ । घरको म्यानमारको भागमा उनी खाना खान्छन् र भारततर्फको भागमा सुत्छन् । यहाँका नागरिकहरुले म्यानमार र भारत दुवै देशको नागरिकता लिएका छन् ।