फेसबुकमा गोर्खालीको स्पष्टीकरण दिएर बस्नुभन्दा टुप्पी कसेर राष्ट्रनिर्माणमा लागौँ
काठमाण्डौँ । भारतको दार्जिलिङमा भइरहेको आन्दोलनको बिषयमा केन्द्रीत रहेर केही दिनयता सामाजिक सञ्जाल निकै तातेको छ ।
भारतीय नागरिक सिमा सुवेदी नाम गरेकी एक युवतीले नेपाल र नेपालीको बारे सामाजिक सञ्जाल फेसबुकमा दिएको विवादास्पद अभिव्यक्तिले कैयौँ नेपालीहरु कडा प्रतिक्रियामा उत्रिरहेका छन् । सिमा सुवेदीले आफ्नो अभिव्यक्तिमा नेपाल र नेपालीलाई होच्याएको बिषयमा कलाकार कुमार कट्टेल जीग्रीले पनि सामाजिक सञ्जाल फेसबुमार्फत प्रतिक्रिया दिएका छन् ।
जीग्रीले सिमा सुवेदीले नेपाललाई हेपेको नभई आफ्नो बाबुआमालाई हेपेको प्रतिक्रिया दिएका छन् । उनले भने सिमा सुवेदीले नेपालीलाई मात्र हेपेकी होइनन् उनले आफूलाई जन्म दिने बाबुआमालाई बन्चरो प्रहार गरेकी हुन्।
उनले अबको दिनमा सामाजिक सञ्जालमा टिकाटिप्पणी दिएर मात्र बस्नुभन्दा टुप्पी कसेर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका छन् ।