रौतहट। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले मधेशीहरुलाई स्थानीय निर्वाचनमा भाग लिनुपर्ने धारणा राख्दै कुनैपनि चिन्हमा स्वस्तिक छाप नलगाउन अनुरोध गरेका छन्।
तारिख थाम्न रौतहट जिल्ला अदालत गौर पुगेका राउतले नेपाल सरकारलाई पटकपटक शान्तिपूर्ण रुपमा मधेश अजादको प्रस्ताव गरे पनि सरकारले आफूलाई विभिन्न बहानामा थुनामा राख्नुका साथै यातना दिदैं आएको सुनाए। जस्तो परिस्थिति भएपनि अहिले हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिई मतपत्रमा भएका कुनै पनि चुनाव चिन्हमा छाप नलगाएर बाहिर छाप लगाउने उनले सुझाव दिए।
राउतले नेपाल सरकारबाट मधेश राज्यमा भएको दमनको विरोध स्वरूप चुनावमा विद्रोहको मत व्यक्त गर्न उनले यो उपय अपनाउन आग्रह गरेका हुन्। राउतले मधेस अलग्गै राष्ट्र बनाउने भन्दै बारम्बार अभिव्यक्ति दिने गरेका छन्।