दमक : गत बुधबार झापाको दमकमा मृत अवस्थामा आफ्नै घरमा भेटिएकी दमक-२ की नौ वर्षीया गंगा दाहालको हत्या छिमेकीले गरेको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय दमकले शुक्रबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै दाहालको हत्या छिमेकी लक्ष्मीप्रसाद अधिकारीले गरेको सार्वजनिक गरेको हो।
अधिकारीले बुधबार ५ बजे तिर दिदीलाई जबरजस्ती बलात्कार गर्दै गर्दा बहिनी गंगाले देखेपछि पोल खुल्ने डरले उनको हत्या गरेको अधिकारीले प्रहरीसँगको वयानमा स्वीकार गरेका छन्।
विद्यालय बाट घर फर्किदा मृतक गंगाले आपत्तिजनक अवस्थामा देखेको र गाउँ समाजमा पोल खुल्ने डरले अधिकारीले हत्या गरेको बयानबाट खुलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी उपरिक्षक राजन लिम्बुले जानकारी दिनुभयो।
अधिकारीले मृतककी दिदीलाई कसैलाई भनेमा परिवारका सबै सदस्य मार्ने धम्की दिएको समेत अनुसन्धान बाट खुलेको प्रहरीको भनाइ छ। गंगाको हत्यामा धारिलो हतियार बञ्चरोको प्रयोग भएको समेत प्रहरीले जनाएको छ।
गंगाको अनुहार, टाउँको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। अधिकारीलाई शुक्रबार नै जिल्ला अदालत झापा बाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। अधिकारीलाई कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएकोे छ।