दाङ: जेठ २६ गते अपहरणमा परेका दाङका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको सल्यानमा शव भेटिएको छ । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ को जंगलमा श्रेष्ठको शब फेला परेको प्रहरीले बताएको छ । जेठ २६ गते बेलुकादेखि अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अपहरणमा संलग्न ब्यक्तिहरुको बयानका आधारमा शुुक्रवार दाङ र सल्यानको संयुक्त प्रहरी टोलीले सो स्थानमा पुगेर शवको पहिचान गरेको थियो । शव दाङ तर्फ ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ । घटनामा संलग्न व्यक्तिहरु दाङ, सल्यान, धादिङ, कास्की लगाएतका ठाउँका रहेको र विस्तृत विवरण सहित सार्वजनिक गरिने अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकराी दिनु भयो । घटनामा संलग्न केहिलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार सहित केहिको खोजीमा रहेको प्रहरीले वताएको छ । राप्ती अञ्चल प्रहरी प्रमुख शाहले श्रेष्ठको फिरौती लिने उद्देश्यले अपहरण भएको वताउनु भयो । अपहरणकारीहरुले फिरौतीको लागि लगेको र बीचमा संरक्षण गर्न नसकेर यो घटना भएको बताउनु भयो । श्रेष्ठ हिडने क्रममा जेठ २९ गते लडेर घाइते भएको र उपचारमा समस्या हुँदा मृत्यु भएको बुझिएको बताउनु भयो । अपहरणमा संलग्नहरुकै सुचनामा शव भेटिएको बताउनु भयो । श्रेष्ठको सब हेलिकप्टरबाट दाङ ल्याउन लागिएको छ । शब जिल्लामा ल्याएर घटनाको वारेमा विस्तृत विवरण सर्बजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।






