श्रीमतीको छिनिएको टाउको बोकेर प्रहरी चौकी पुगे श्रीमान्


 भारतको लखिमपुर जिल्लाका एक व्यक्तिले सामान्य विवादमा श्रीमतीको टाउको काटेर प्रहरीको शरणमा पुगेका छन्। 

सामान्य विवादमा आक्रोशित बनेका श्रीमानले श्रीमतीको टाउको खुर्पाले काटेर छुट्टिएको टाउको सहित प्रहरी चौकी पुगेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

समाचारका अनुसार राम सेवक नाम गरेका ती व्यक्ति बारीमा तरकारी काट्न गएका थिए। त्यही बेला उनकी श्रीमती उषासँग केही कुरालाई लिएर झगडा हुन पुग्यो। त्यही रिसमा ती व्यक्तिले श्रीमतीको गर्दनमा खुर्पा प्रहार गरे । त्यसपछि श्रीमतीको गर्दन छुट्टिएर अलग हुन पुग्यो। 

उक्त घटनापछि आत्तिएका ती श्रीमान श्रीमतीको काटिएको टाउको सहित प्रहरी चौकी पुगेको त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्। प्रहरी चौकी पुगेका उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताइएको छ।