काठमाडौं, ७ असार । ललितपुरको सातदोबाटोमा भएको युवतीको ग्याङफाइटमा एक युवती घाइते भएकी छिन् ।
काठमाडौं बानेश्वर बस्ने सलिना राई लगायत ५ जनाको समूहले छुरा प्रहार गर्दा काभ्रे बनेपाकी १७ वर्षीया कोपिला गिरी घाइते भएकी छिन् । उपचारका लागि उनलाई धापाखेलस्थित सुमेरु अस्पतालमा पठाइएको छ ।
पुरानो विवादका कारण सलिनाको समूहले मंगलबार कोपिलामाथि छुरा प्रहार गरेको बुधबार प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार घटनामा संलग्न चार युवतीलाई पक्राउ गरिएको छ ।






