मानो रोपेर मुरी फलाउने असार १५ मा फेरी गयो ५.७ रेक्टरको भूकम्पको ठुलो धक्का


१५ असार, टोक्यो । जापानको उत्तरी प्रान्त होक्काइदोमा बुधबार ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार बुधबार राति ९ बजे सो भूकम्प गएको जापानी मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

हालसम्म यस भूकम्पको कारण मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । साथै भूकम्पपछि सुनामी चेतावनी पनि दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १९ हजार व्यक्ति मारिएका थिए । रासस÷एएफपी