कतारमाथि किन लाग्छ, आतंकवादीलाई सहयोग गरेको आरोप ?


लन्डन। कतारमाथि आतंकवादी संगठनलाई आर्थिक सहयोग उपलब्ध गराएको आरोपले यसरी लगाइयो की त्यही आरोपलाई आधार बनाएर साउदी अरब र अन्य खाडी मुलुकले कतारसँगको राजनीतिक र कुनीतिक सम्बन्ध विच्छेद गरे।

तर कतारको विदेश नीतिलाई लिएर उसका छिमेकी देश रिसाएको यो पहिलो पटक भने होइन। २०१४ मा पनि कतारसँग अन्य खाडी मुलुकले नौ महिनासम्म राजनीतिक सम्बन्ध तोडेका थिए।

तनावको सुरुवात इस्लामिक मुस्लिम ब्रदरहुडलाई कतारले दिने सहयोगलाई लिएर भएको हो। त्यस बाहेक तालिबान र अल कायदासँग आबद्ध केही संगठनसँग नजिकको सम्बन्ध र इरानसँग कतारको सम्बन्ध पनि तनावका कारण हुन्।

केही समय अगाडि साउदीले इरानमाथि सरकारी खर्चबाट चल्ने अल जजीराले यमनमा हुती विद्रोहीलाई समर्थन गरेको आरोप लगाएको थियो। जो साउदी र संयुक्त अबर इमिरेट्स समर्थित सरकारी सेनासँग लडिरहेका छन्।

तर दोहा ले दियादले आफूमाथि लगाएको सबै आरोपको खण्डन गर्दै त्यसलाई अस्विकार गरेको छ। अहिलेको जारी तनावले ग्यासमा सबैभन्दा धनी मुलुक कतारमाथि आर्थिक रुपमा दबाब परेको छ।

कथित रुपमा अप्रिलमा कतारले सीरियामा अलकायदाका एक पूर्व सहयोगी र इरानी सुरक्षा अधिकारीसँग एक अबर डलर फिरौती मागेको  थियो। त्यस बापत शाही परिवारका २६ सदस्यलाई मुक्त गरिएको थियो, उनीहरुलाई कथित रुपमा इरान समर्थित इराकी शिया आतंकवादीले अपहरण गरेका थिए।

त्यस बाहेक सो सम्झौतामा ती दर्जन शिया लडाकुलाई पनि मुक्त गरिएको थियो, जो सीरियामा जिहादीले पक्राउ गरेका थिए।  त्यसैले कतारले कथित रुपमा आतंकवादी विचारधारालाई आर्थिक रुपमा  सहयोग जारी राख्नु अहिलेको संकटको मुख्य कारण देखिन्छ।
९/११ आक्रमणपछि अमेरिकाको नीति विश्व गठबन्धनकातर्फबाट आतंकवादीलाई उपलब्ध गराइँदै आइएको आर्थिक सहयोग बन्द गर्ने तहका पुग्यो।

कयौं नयाँ कानुन बनाएर आतंकवादीलाई दिइँदै आएको आर्थिक सहयोग रोक्नकालागि  फर्जी कम्पनी, संस्थानको आर्थिक गतिविधिमाथि प्रतिबन्ध लगाइयो भने त्यससँग जोडिएका सम्पत्ति र व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइयो।

२०१४ मा तत्कालीन टेरोरिजम एण्ड फाइनेंशीलय इन्टेलिजेन्सका ट्रेजरी अण्डर सेक्रेटरी डेविड कोहेनले भने, ‘लामो समयसम्म अमेरिकाको सहयोग रहेको कतार वर्षौंसम्म हमासलाई सहयोग गर्यो।  संचारमाध्यमका आएका समाचारले कतारको सरकारले सीरियामा आतंकवादी समूहलाई पनि सहयोग  गरेको संकेत मिल्छ।’

उनले कतारले आफ्नो मुलुकबाट अल कायदा र कथित रुपमा इस्लामिक स्टेट जस्ता आतंकवादी संगठनकालागि आर्थिक सहयोग जुटाउने अनुमति दिने गरेको दाबी गरे।

२०१६ मा कोहेनको ठाउँ लिएका  एडम शुबीन आतंकवादीलाई आर्थिक सहयोग दिने व्यक्ति तथा संस्थालाई कारवाही गर्नुको साटो कतारले उनीहरुलाई खुल्ला छोडिदिएको दाबी गरे। उनीहरुलाई नियन्त्रण गर्न कतारले कुनै राजनीतिक इच्छा शक्ति देखाएन भने कुनै कानुनसमेत बनाएन्।

अमेरिकाले आतंकवादलाई प्रायोजित गरेको भन्दै कतारका कयौं नागरिकलाई प्रतिबन्धसमेत लगायो। तर कतारको आर्थिक गतिविधिप्रति विरोध गर्दै अगुवा गर्ने र केही दिन अगाडि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणका बाबजुद पनि साउदी अबरपनि त्यस्तै प्रकारको आलोचनाबाट बाहिर निस्केको छैन।

९/११ को विमान अपहरणकर्ता १९ मध्ये १५ साउदी नागरिक थिए। २००९ मा विकीलिक्सद्वारा प्रकाशित राजनीतिक सन्देशबाट थाहा पाउन सकिन्छ, की आतंकवादी संगठनलाई आर्थिक सहयोग उपलब्ध गराएको विषयमा साउदीसँग जुध्ने विषयमा अमेरिकालाई लगातार असफलता हात लागेको छ।  साउदी अरबले पेट्रोलियम सम्पदाबाट प्राप्त गरेको धन पुरै विश्वमा स्कुल र मस्जिदमार्फत कट्टर वहाबी धाराको प्रचारमा खर्च गरिरहेको छ। कतिपयले आरोप लगाउने गरेका छन्, वहाबी धारा आतंकवादको स्रोत हो।

ट्रम्पको यात्राका क्रममा आतंकवादीलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा आउन सक्ने नयाँ खतरासँग जुध्नकालागि अमेरिका र साउदी अरब सरकारले  एक संयुक्त इलाकामा टेरोरिस्ट फाइनेसिंङ सेन्टर स्थापना गर्ने घोषणा गरेका छन्। तर साउदीको सो कदम चरमपन्थीलाई उपलब्ध गराउँदै आइएको आर्थिक सहयोग रोक्न प्रयाप्त छैन।

 केही समय अगाडि ती व्यक्ति र संस्थालाई पनि चरमपन्थी विरोधी नीतिमा सामेल गरिएको छ, जो आतंकवादी विचारधाराबाट प्रचार प्रसार गर्छन।