अफ्गानिस्तानमा कार बम विस्फोट, २० जनाको मृत्यु


अफ्गानिस्तानमा कार बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अफ्गानिस्तानको हेलमन्द प्रान्तस्थित एक बैंक बाहिर कार बम विष्फोट हुँदा उक्त हताहती भएको बीबीसीले उल्लेख गरेको छ ।

सो विस्फोटबाट दर्जनौं घाईते भएका बताइएको छ । मारिने मध्ये अधिकांस सर्वसाधारण र सुरक्षा फौजका सदस्य छन् । विष्फोटलगत्तै बैंकभित्र छिरेका केही हतियारधारी र सुरक्षाफौजबीच भीडन्त भएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि अफ्गानिस्तानमा भएका अधिकांश बम विष्फोटमा तालिवान र आइएसको संलग्नता देखिएपनि सो विस्फोटको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।